२०७९ जेष्ठ १० मंगलवार

खुल्यो मलेसिया रोजगार – न्युनतम तलब समेत तोकियो ।

काठमाडौं : मलेसियाले आगामी जनवरी २८ तारेखदेखि विदेशी कामदार भर्ना प्रक्रियाको शुरूवात गर्ने भएपनि कामदारको तलब भने पुरानै कायम गरेकोे छ ।

मलेसियाको सरकारले सन् २०२० को जनवरीदेखि स्थानअनुसार १ हजार २ सय र १ हजार १ सय रिङ्गेट तलब तोकेको छ ।
मलेसियामा कामदारहरुको तलब न्यूनतम १ हजार ५ सय रिंगिटदेखि २ हजार रिङ्गेट हुनुपर्ने माग कोरोना महामारी

अगाडिसम्म चर्काे रूपमा उठेको थियोे । त्यहाँको संसदमा समेत स्वदेशी तथा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बढ्दो महँगीको तुलनामा न्यून भएको आवाज उठेको थियो ।
मलेसियामा कार्यरत नेपालीसहितका विदेशी कामदारहरूले तलब वृद्धिको विषय गम्भीर चासोका साथ उठाउने गरेका छन् ।

नेपाली दूतावास क्वालालम्पुरले आयोजना गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा सहभागी अधिकांश कामदारको चासो नयाँ भर्ना खुलेकोभन्दा पनि मलेसियामा कहिलेदेखि नयाँ तलब बढ्दैछ ?

भन्ने तर्फको थियो । कार्यक्रम सञ्चालन गरेका श्रम सहचारी प्रकाश पन्थीले तलब बढेकोबारे कुनै जानकारी नआएको बताए । मलेसियाको मानव संशाधन मन्त्रालयले प्लान्टेशन क्षेत्रमा जनवरी २८ र अन्य क्षेत्रमा फेब्रुअरी १५ तारेखदेखि नयाँ कामदार भर्नाको निर्णय गरेकोे जानकारी आधिकारिक रूपमा

दिएको तर, तलब वृद्धिबारे केही जानकारी नआएको बताए । पन्थीले दूतावास नयाँ कामदारको मागपत्र प्रमाणिकरण गर्ने तयारीमा लागि रहेको भन्दै उनले हाललाई पुरानै न्यूनतम तलब तोकेर आएका मागपत्र प्रमाणिकरण हुने जानकारी दिए ।

मलेसियामा अघिल्लो सरकार ‘पाताकान हाराफान’ गठबन्धनले आफुहरुले निर्वाचन जिती सरकार गठन गरे मजदुरहरुको तलब देशव्यापी रुपमा कम्तीमा १५ सय रिंगिट पु¥र्‍याउने प्रतिबद्धता जनाएको थियो । मलेसियाका मजदुरहरुको आधिकारीक ट्रेड यूनियन मलेसियन ट्रेड यूनियन कंग्रेसले पनि सरकारमा संलग्न

दलहरुले आफ्नो एक वर्ष पुरानो प्रतिवद्धता भुल्न नहुने भन्दै तलब वृद्धिका पक्षमा निरन्तर आवाज उठाइरहेको छ ।
मलेसियाले कामदार आपूर्ति गर्ने सबै स्रोत मुलुकहरुसँग गरेको द्विपक्षीय सम्झौतामा आप्रवासी मजदूर र मलेसियाली कामदारका बीच न्यूनतम तलबमा भिन्नता नगर्ने सहमति गरेको छ ।

विगत करीब साढे तीन वर्षदेखि नयाँ कामदार जान रोकिएको मलेसियामा हाल डेढ लाखमा नेपाली कामदार रहेका छन् । मलेसियामा कामदारको तलब माग गरिए बमोजिम नै वृद्धि भएमा नेपाल आउने रेमिट्यान्समा पनि उल्लेख वृद्धि हुने अपेक्षा गरिएको छ ।

२०७८ माघ ९, आईतवार प्रकाशित 0 Minutes 87 Views

ताजा समाचार