
काठमाडौं / इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि प,क्राउ गरी नेपाल ल्याइएको छ ।
कर्तव्य ज्या,न मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा प,क्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो । अभियुक्त मगर २०६१ साल मंसिर १३ गते मानबहादुर तामाङलाई ह त्या गरेपछि फ रार रहेका थिए ।
उनी छद्म भेषमा साउदी पुगेको पत्ता लागेपछि इन्टरपोलको सहयोगमा प क्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मगरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा इन्टरपोल शाखामार्फत इन्टरपोल महासचिवालयले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं प क्राउका लागि २०७७ साल माघ २६ गते अभियुक्त मगरविरु,द्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।
उक्त घटनामा संलग्न रहेका अर्का जयवीर राई भने अझै फरा,र छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको दाबी गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट