२०७९ जेष्ठ १३ शुक्रबार

प्रेम आले भ्र’ष्टाचारी खाेज्दै, पुगे एयरपाेर्ट : पर्यटन वाेर्डका सिइओ रेग्मि रंगेहात प-क्राउ, धेरैकाे भागा-भाग

काठमाडौं । नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले बेलायतबाट फर्किदा भन्सारमा रक्सी काण्ड मच्चाएकोमा छान’विन समिति नै गठन भएपछि, उनले माफी मागेका थिए ।

तर रेग्मीले भन्सारबाट नियमविपरित रक्सीमात्र होइन यसअघि सुन पनि भित्र्याउन खोज्दा जफत भएर जरिवाना तिरेको खुलेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मीले अ’वैध रुपमा चो’री पैठारीगरी ल्याएको ३० ग्राम सुन जफत गरेर जरिवाना गरिएको जानकारी दिएको छ ।

भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको विवरणमा २०७४ पुस ९ गते विस्कुट आकारका तीन थान सुनका डल्ला जफत गरिएको र बिगो बमोजिम एक लाख ४० हजार ६८५ रुपैया जरिवाना हुने निर्णय भएको जनाइएको छ ।

रेग्मी कतार एयरलायन्सको उडानबाट नेपाल आउँदा अवैध रुपमा सो सुन ल्याएको भन्सार कार्यालयले जनाएको छ । रेग्मीमाथि छानविन भइरहेका बेला मन्त्रालयले रक्सी काण्डबारे विवरण माग्दा भन्सार कार्यालयले अवैध रुपमा सुन ल्याउँदा कारवाही भएको जानकारी दिएको हो ।

रेग्मीले ल्याएको सुन प्रकरणमा मुद्दाको किनारा भने २०७७ भदौमा लागेको थियो । त्यसको एक वर्षपछि गत पुसमा फेरि रक्सीको लफडा निस्किएको हो । रेग्मीले भन्सार नियमविपरित रक्सी भन्सारबाट छिराउन खोज्दा कर्मचारीसँग झगडा परेको थियो ।

त्यसक्रममा भन्सार कर्मचारीमाथि दुव्र्यवहार गरेको भनी रेग्मीमाथि छानविन समेत भएको थियो । यसबीचमा रेग्मीले बोर्डमा अनियमितता गरेको भन्दै पर्यटन बोर्डले छानविन समिति गठन गरि अनुसन्धान गरिरहेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । यस विषयलाई लिएर पर्यटन मन्त्री प्रेम आले मगरले बोर्डका सिइओ रेग्मीमाथि तीन दिने लिखित स्पष्टीकरण मागेका छन् ।

२०७८ माघ ११, मंगलवार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार