२०७९ जेष्ठ १० मंगलवार

एक छोराको श’व आयो, अर्का छोरा परदेशमै बेपत्ता !

काठमाडाैँ । उदयपुर गाईघाटका श्याम भुजेलका तीनमध्ये माइला छोराको दुबईमा नि’ध’न भयो । जेठा सम्पर्कविहीन छन् ।

अवैध रुपमा मान्छे ओसारपसार गर्ने तस्कर सुमन घिमिरेले ती दाजुभाईलाई दुबई पुर्याएका थिए । दुई मध्ये एकको मृ’त्यु भएको पत्र पुग्यो, अर्का छोरा जेल परेको खबर छ तर सम्पर्क छैन । विपन्न आर्थिक अवस्थाका भुजेल परिवारले जसोतसो ऋणदान गरेर २ लाख बढी बुझाए । र, श’व नेपाल ल्याए । तर, बेपत्ता रहेका अर्को छोरा खोजिदिने भने कोही भएन ।

दुवईबाट अरबी भाषामा लेखिएको एक पत्र बोकेर केही दिन अघि प्रहरीहरु श्याम भुजेलका छोरा विकासको घर कुन हो भन्दै सोधीखोजी गरे । ती प्रहरीले घरमै पुगेर एक पत्र विकास भुजेलका बाबुको हातमा राखिदिए । पत्र अरबी भाषामा लेखिएका कारण बुझुन् समस्या भयो । अरबी भाषा उल्था गराएर पत्र पढेपछि थाहा भयो– त्यो पत्र छोराको मृ’त्युको सन्देश बोकेर आएको रहेछ ।

आमाबाबु विक्षिप्त : घटना विवरण सुनाउन मृतक विकास र बेपत्ता रहेका प्रकाश भुजेलकी दिदी हाम्रै कार्यालयसम्म आएर धर्धरी रोइन् । वैदेशिक रोजगारीका नाममा मानव तस्करहरुले उदयपुर गाइघाटका एकै परिवाका दुई भाईलाई दुबई पुर्याए । दुवई जाने मध्ये जेठा २२ वर्षका प्रकाश भुजेल चार महिनादेखि बेपत्ता छन्, २१ वर्षका माइला विकास भुजेलको त्यही नि’ध’न भइसक्यो ।

दुई छोराको पीरले आमाबाबु विक्षिप्त अवस्थामा छन् । दुवईमै मृ’त्यु भएका माइला विकासको श’व ल्याउन ऋणदान गरेर २ लाख ८० हजार बुझाए । र, विकासको श’व नेपाल ल्याए । तर, आर्थिक रुपमा विपन्न भुजेल परिवारमा यस्तो बज्रपात परेपछि अर्को छोराको खोजी गरिदिन हार गुहार गर्ने अहिले प्रकाश र विकासकी दिदी स्वस्थानी भुजेल मात्रै छिन् । केही दिन अघि स्वस्थानी र उनलाई सहयोग गर्ने दुई छिमेकी हाम्रो कार्यालयसम्म आइपुगे ।

श’व ल्याउन ऋण गरेर २ लाख ८० हजार पत्रमा पाँच दिनभित्रमा दुवईबाट श’व फिर्ता लैजाने भए लैजानु अन्यथा त्यहीको नियमअनुसार व्यवस्थापन गरिदिने विवरण उल्लेख थियो । एउटा छोराको मृ’त्युको खबर, अर्को छोरो पनि सम्पर्कविहीन भएको खबर सुनेपछि ती वृद्ध आमाबाबुको मनमा के बित्यो होला ? उनीहरुले दुई छोरालाई दुवई पुर्याउने सुमन घिमिरे नामक मानव तस्करलाई फोन गरे ।

२०७८ माघ ११, मंगलवार प्रकाशित 0 Minutes 97 Views

ताजा समाचार