२०७९ जेष्ठ ८ आईतवार

बाबुराम भट्टराईको शब मोरङको चारकोसे जंगलमा भेटियो ! ह त्याको आशंका (हार्दिक श्रद्धाञ्ञली)

काठमाडौं मोरङको केराबारीस्थित चारकोसे जंगलमा बाबुराम भट्टराईको शब् भेटिएको छ।

खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र भट्टराइको शव भेटिएको हो। उनको ह त्या भएको आशंका उनका आफन्त र परिवारजनले गरेका छन्।

१२ दिनदेखि हराइरहेका केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको प्रहरीले जानकारी दिएको छ।

आफन्त र परिवारका सदस्यले ह त्या गरेर शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्। प्रहरीका अनुसार, केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्दै आएका भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए।

तर गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा आइतबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुहार पनि नचिनिने गरी सडेको शवको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार, घरबाट मच्छिन्द्र मेला हेर्न भनेर गएका भट्टराईलाई स्थानीयले पुस २८ गतेसम्म मेलामै देखेको बताएका छन्। स्थानीयले मेलामा केही युवाहरुसँग भट्टराईको विवादसमेत भएको प्रहरीलाई बताएका छन्।

त्यस क्रममा उनको ह त्या गरेर शव चारकोसे जंगलको रुखको जराभित्र लुकाइएको हुनसक्ने प्रहरीको आशंका छ। भट्टराइको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको प्रहरीको दाबी छ।

शबको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र उनको हत्या भएको हो कि आत्महत्या भएको हो भन्ने बारेमा एकीन गरी भन्न सकिने प्रहरीले जानकारी दिएको छ। यता लामो समयदेखि बेपत्ता भएका युवकको खोजीमा प्रहरीले चासो नदिएको र पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नगरेको भन्दै स्थानीय बासिन्दा प्रहरीसंग आक्रोशित बनेका छन्। (सुदर्शन खबरबाट साभार)

२०७८ माघ १२, बुधबार प्रकाशित 0 Minutes 200 Views

ताजा समाचार