२०७९ जेष्ठ १० मंगलवार

२४ वर्षीय राकेश मृत भेटिए, घाइतेको ग्रान्डी अस्पतालमा उपचार हुँदै !!

सोलुखुम्बु । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ वेपत्ता कामदार मृत अवस्थामा तीन दिनपछि भेटिएका छन् ।

निर्माणाधीन ८६ मेगावाटको उक्त हाइड्रोपावरको सुरुङमा गत बिहीवारदेखि वेपत्ता बाराको कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी शनिबार दिउँसो मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार नेपाल प्रहरी, नेपाली सेना र हाड्रोपावरका कर्मचारीहरुको तीन दिन देखिएको सकृयतापछि शनिबार दिउँसो करिब १६० मिटर तल उनी मृत भेटिएका छन् ।

मृतकको उद्धार पश्चात कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ । विहीबार विहान अन्दाजी ५ बजे सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अंगत राय थारु घाईते भएका थिए ।

घाइतेको काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन यस हाइड्रोपावरमा करिब एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाएका छन् ।

यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप ब्लाष्ट हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।

२०७८ माघ १६, आईतवार प्रकाशित 0 Minutes 109 Views

ताजा समाचार