२०७९ जेष्ठ १० मंगलवार

मध्यराति काठमाडौंबाट जाँदै गरेका एक युवक हाइस गाडिमा समातिए,,,

काठमाडौं १६, माघ । लुकाई ल्याएको सुन सहित पहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार रहेका छन् ।

निजलाई शनिबार राति सोही महानगरपालिका-३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातु सहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, महानगरीय अपराध महाशाखा मिनभवनले राजश्व छलेर ल्याइएका २ सय ९६ कार्टुन मदिरासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा साविक गादी गाविस–८ घरभई कपन बस्ने ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्सा साविक सुवर्णपुर गाविस–५ घरभई हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रिन र सर्लाही बरहथवा नगरपालिका–९ घरभई चावहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे छन् ।

प्रहरीले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रिगललगायतका मदिराहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइ कारोबार गर्ने गरेको सूचनाको आधारमा शुक्रबार उपत्यकाको रामकोट, बानेश्वर, कपनलगायतबाट उनीहरुलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख वसन्त कुँवरका अनुसार पक्राउ परेका चारै जनालाई आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको र बरामद मदिराको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।

रवि भन्ने भारतीय नागरिक र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू बिक्री वितरण गरेको पाइएको छ । बख्रेलले विगत ३ महिना देखि ६ सय ५० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा बिक्री वितरण गरेको प्रारम्भिक अनुन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

बख्रेलले बजारमा बिक्री वितरण गर्न ईन्फिनिटि लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएको र नारायणप्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रिको भनेर ग्राहकलाई बिक्री गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । राजश्व छलिका मदिरा पार्टी प्यालेसहरुमा बिक्री वितरण हुने गरेको थियो ।

प्रहरीले बजार मूल्य १ करोड ५० लाख रुपैयाँको मदिरा बरामद गरेको दाबी गरेको छ । अवैध मदिराका मुख्य योजनाकार बख्रेल ‘बिइङ ह्युमन’का सञ्चालक एवं लागूऔषध कारोबारका फरार अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ ।

२०७८ माघ १७, सोमबार प्रकाशित 1 Minute 145 Views

ताजा समाचार