२०७९ जेष्ठ १० मंगलवार

काठमाडौंको तारकेश्‍वर र दाङको तुलसीपुरबाट ६ जना महिला पुरुष पक्राउ

काठमाडौं, माघ १५ – दाङको तुलसीपुरबाट ५ जना युवा युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली समातिएका हुन ।

दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उनिहरुबाट ५ ग्राम ७१० मिलिग्राम ब्रा’उ’न सु’ग’र ब’रा’मद भएको जानकारी दिए । यही महिना मात्रै प्रहरीले तुलसीपुर क्षेत्रबाट २४ जना जतिलाई ब्राउन सुगरसहित पक्राउ गरि सकेको जनाएको छ।

पछिल्लो सयम तुलसीपुर लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । किशोर किशोरी तथा महिलापनि धमाधम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्न थालेका छन् ।

यस्तै, काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध २ सय ८६ एम्पुल नुर्फिन, २ सय ९२ एम्पुल फेनारगन, २ सय ८४ एम्पुल डाईजेपाम सहित तारकेश्‍वर नगरपालिका-११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ४६ वर्षीय लेख बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७८ माघ १७, सोमबार प्रकाशित 1 Minute 185 Views

ताजा समाचार