२०७९ जेष्ठ ९ सोमबार

भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु,,,हार्दिक श्रद्धाञ्जली !!

काठमाडौं, माघ १५ – भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । शनिबार २ः२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा ७० प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् । उनलाई बा ५ ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले बसका चालक काभ्रेको बनेपा नगरपालिका–९ का ४१ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवलाई कालोझण्डा देखाउन पुगेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको चंगाथलीस्थित मन्त्री यादवको घर अगाडि कालोझण्डा लिएर प्रदर्शन गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमतका उपत्यका अध्यक्ष हरेन्द्र चौधरी, सचिव अजय चौधरी र सदस्य जितेन्द्र मण्डल रहेका छन् ।

किसानलाई मलखाद उपलब्ध गराउन नसकेको भन्दै उनीहरू मन्त्री यादवको घर अगाडि कालोझण्डा देखाउन पुगेका थिए ।

२०७८ माघ १७, सोमबार प्रकाशित 0 Minutes 87 Views

ताजा समाचार