२०७९ जेष्ठ ८ आईतवार

एयरपोर्ट भन्सारका हाकिमलाई प्रश्न : खाडीमा पसिना ब’गाउनेले सुन ल्याउन नपाउने ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकमा सह–सचिव महेश भट्टराईले जिम्मेवारी सम्हालेको एक महिना नाघेको छ । अहिले भट्टराईले गरेको एउटा निर्णय चर्चामा छ ।

त्यो हो– विदेशबाट फर्किनेहरूले ल्याउने गरेको ५० ग्राम सुनको बालालाई उनले स’मातेर भन्सार महसुल तिराउने निर्णय गरेका छन् । यो निर्णयका कारण विदेशमा बस्ने नेपालीहरु नेपाल सरकारसँग चिढिएका छन् ।

मंसिर १३ (सोमबार) देखि विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्किनेहरूले ल्याएको बालामा भन्सार शुल्क लिन थालेको छ । सोमबार यता करिब ६४ किलो सुन सङ्कलन गरिएको छ । १ हजार १५७ जनाले भन्सार ति”रेर सु’न लगेका छन् ।

सरकारको यो निर्णयका कारण विदेशमा रोजगारी गर्ने नेपालीहरु भने रिसाएका छन् । सरकारमाथि उनीहरुको प्रश्न छ– हामीले खाडीमा पसिना बगाएर कमाएको पैसाले ५० ग्राम सुन पनि आफ्नो घरमा ल्याउन नपाइने ? त”स्करी रोक्ने बाहनामा हामीमाथि अ”न्याय गर्ने ?

रोजगारीबाट फर्कनेहरुले कमाएर ल्याएको सु”न समात्ने र कर अ”सुल्ने कार्य सुरु भएको भन्दै वैदेशिक रोजगारीमा गएकाहरुले अर्थमन्त्री जनार्दन शर्माप्रति पनि आ’क्रोश पो’ख्न थालेका छन् ।

यता सरकारी अधिकारीहरु भने वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई ५० ग्राम सुन ल्याउन दिने सरकारको नीतिमा टेकेर सुनको त”स्करी बढेकाले क”डाइ गर्नुपरेको तर्क गर्छन् । विदेशमा कार्यरत नेपालीहरु भने सरकारले कर उठाउन र सु’न व्यवसायीहरुको कुरा सुनेर रोजगारीमा गएका नागरिकमाथि अन्याय गरिएको गुनासो पोख्छन् ।

२०७८ माघ १८, मंगलवार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार