
काठमाडौ : एउटै मोटरसाइकलमा सवार घर फर्कदै गरेका दाजुभाईको बाटोमै निधन भएको छ । ब्यवसायको काम सकेर घर फर्किदै गर्दा दाजुभाई सवार मोटरसाइकल दुर्घटनामा हुदा उनीहको निधन भएको हो ।
कलैया वीरगन्ज सडक खण्डको सिसहनीयास्थित विजय आयलस्टोर छेउमा बुधबार राति जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको दुर्घटनामा निधन भएको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका क्रममा निधन भएको हो । दुर्घटना पछि दुवै जनालाई उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सहोदर दाजुभाई भएको प्रहरीले जनाएको छ ।
दुवै जना सिसहनीयास्थित आफ्नो राइसमिलबाट कलैयामा रहेको घरतिर फर्किँदै थिए । सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाई चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट
सिसहनीया तर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपले ठक्कर दिएको थियो । जिप चालक फ रा र छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।