२०७९ जेष्ठ १० मंगलवार

गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याउने दावा विमानस्थलबाट पक्राउ

काठमाडौं: करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई प’क्रा’उ गरेको छ।

एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पालाई प्रहरीले प’क्रा’उ गरेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार दावाले गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएका थिए। आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले गुद्वारबाट सुन लुकाएर ल्याएको बयान दिएका थिए। दावाले ०९३६८६१८ नम्बरको पासपोर्टबाट गत नोभेम्बर १६ मा दुबई गएका थिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार दावाले गो’प्य अं’गमा र पेटभित्र लुकाएर ल्याएको बताए। ‘चेकजाँचको क्रममा एक्सरे गर्दा क’ट्टु र पेटभित्र पनि सुन देखिएपछि नियन्त्रणमा लिएका थियौं,’ एसएसपी ढकालले अन्नपूर्णसँग भने।
अन्नपूर्ण पोस्ट बाट

२०७८ माघ २०, बिहीबार प्रकाशित 0 Minutes 107 Views

ताजा समाचार