२०७९ जेष्ठ ९ सोमबार

मलद्वारमा लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन विमानस्थलबाट बरामद

दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका छन् । बेलनाकार बनाएको अर्धठोस सुनसहित उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा छन् । बुधवार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए ।

५० ग्रामको दरले सुन लिएर आएका थप दुई जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले रातोपाटीलाई बताए ।

५० ग्राम सुन ल्याउनेमा रौतहट घर भएका सुनिलकुमार शाह र मकवानपुर घर भएका नवराज परियार छन् ।

हिमालय एयरलाइन्सबाट काठमाडौं आएका सुनिलकुमार शाहको साथबाट प्रहरीले ४ थान आइफोन पनि बरामद गरेको छ । उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी ढकालले बताए ।

२०७८ माघ २०, बिहीबार प्रकाशित 0 Minutes 138 Views

ताजा समाचार