
मलेसिया सरकारले इलिगललाई को’र्रा हान्न अनुमती !
क्वालालम्पुर : मलेशिया प्रहरीले अ’वैध आप्रवासी (पाटी) लाई वैध अनुमति बिना देश प्रवेश गर्न अ’वैध आधार प्रयोग गरी बारम्बार अप’राध गर्ने अवै’ध आप्रवासी (पाटी) लाई को’र्रा
हान्ने क’डा कारबाही गर्न सरकारलाई सुझाव दिएको छ।
आन्तरिक सुरक्षा र सार्वजनिक व्यवस्था विभाग (KDNKA) का निर्देशक हजानी गजालीले भने कि यो दृष्टिकोण अवैध
आप्रवासीहरूलाई भविष्यमा त्यसो नगर्न सिकाउने एक रूप हो।
“हामी अवैध आप्रवासीको मुद्दामा सम्झौता गर्दैनौं किनभने यसले राष्ट्रिय सुरक्षालाई असर गर्न सक्छ,” उनले सिनार हरियानको रिपोर्ट अनुसार भने।
उनले अहिले अवैध आप्रवासीका अलावा स्थानीय जो मुख्य योजनाकार छन् उनीहरुलाई पनि मलेशिया प्रहरीले निसाना मा राखेको बताए ।
थप समाचार, कोरो’नाको नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा विचौ’लियालाई प्रहरीले प’क्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका नागरिक अस्पताल र कान्तिपुर
अस्पतालको ल्याबबाट नक्क’ली पीसीआर रिपोर्ट फेला पारेपछि चार जनालाई प’क्राउ गरेको हो । पक्राउ पर्नेमा नागरिक अस्पतालका प्रबन्धक प्रशन्नकुमार झा र विचौलिया रोशनकुमार छिट्टान तथा कान्तिपुर अस्पतालबाट नागेन्द्र यादव र माधव मैनाली रहेका छन् ।
वैदेशिक रोजगारमा जाने ब्यक्तिका लागि सरकारले तोकेभन्दा बढी रकम लिएर नक्क’ली पीसीआर रिपोर्ट बनाउने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको र छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाउने पाइएको महानगरीय अपराध
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
नक्कली पीसीआर रिपोर्टका लागि ८ हजार देखि १८ हजारसम्म लिइएको पाइएको उनले बताए । दुवै अस्पतालको ल्याब रिपोर्ट बनाउन प्रयोग हुने कम्प्यूटर लगायतका उपकरण र अन्य कागजात समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।