२०७९ जेष्ठ १० मंगलवार

घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती गर्दै गर्दा बुबाले देखेपछि

घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जब’र्जस्ती गर्दै गर्दा बुबाले देखेपछि,,

ज’बर्जस्ती क’रणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव प’क्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्र’हरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।

किशोरीको किटानी जाहेरीका आधारमा प्र’हरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अ’नुसन्धान शुरु गरिएको उहाँको भनाइ छ ।मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो ।

प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इ’च्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मु’द्दा दर्ता गराउनुभएको हो । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आ’श्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।

डेढ महीना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो । घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

२०७८ माघ २२, शनिबार प्रकाशित 1 Minute 155 Views

ताजा समाचार