२०७९ जेष्ठ ८ आईतवार

पोखरामा अचम्म भयो ! फील्मी शैलीमा घरको गेटबाट…

काठमाडौं, माघ २२ । पोखरा महानगरपालिका २ अर्चलबोटकी नरमाया मास्की सद्यैँ जसो विहान घरको सरसफाइमा व्यस्त हुँदै थिइन् ।

घरको सफाइ गर्दै गर्दा उनी आगन सफा गर्दै थिइन् । आगन सफा गर्दै गर्दा अचानक उनी हुत्तिन पुगिन् । उनी आफैँ हुत्तिएकी भने होइन् । उनलाई केही व्यक्तिले धकेल्दा हुत्एिकी हुन् ।

उनले घाटिमा लगाइराखेको सुनको सिक्रि थुतेर भागे । धन्न नरमायालाई चाँहि केहि भएन । तर उनले लगाएको सुनको सिक्रि भने चोरी भयो । एकछिन मास्की बेहोस जस्तो भइन उनीहरु भागे ।

घरको गेटको नजिकै सफाइको काम गर्ने बेला एक व्यक्तिले उनको घरको गेटबाट आदी शरिर भित्र छिराए । अपरिचित व्यक्तिले टाउको गलबन्दी बेरेका थिए । नरमाया मास्कीको अनुसार उनले निलो ज्याकेट लगाएका थिए । खैरो रंगको हाफ पाइन्ट र चप्पल लगाएको मास्की बताउछीन । उक्त मान्छे गेटबाट छिर्ने बित्तिकी अर्के मान्छे पनि गेटबाट छिरेको उनले सुनाइन ।

उनको सिक्रिको चेन र लकेट गरेर ४ तोला भन्दा बढि उनीहरुले थुतेर लगेको मास्कीले सुनाइन । घटना भएको केही समयमा नै उनीहरुले प्रहरीलाई खबर गरेको उनको श्रीमानले सुनाए । घटनाको विषयमा वडा प्रहरी कार्यालय बगरमा सोही दिनमा नै निवेदन परेको हो ।

अहिलेसम्म घटनाको दोषी प्रहरीले पत्ता लगाउन सकेको छैन । मास्कीको बयान अनुसार घटना घटाउने स्थानिय नै हुनेसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

भिडियो सहीत –

२०७८ माघ २२, शनिबार प्रकाशित 0 Minutes 79 Views

ताजा समाचार