२०७९ जेष्ठ ८ आईतवार

धादिङ गल्छीका निशा वली र निमेश ढुङ्गानानै……

काठमाडौ, पिकअप (मारुती) भ्यान र टिपर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र लु २ ख १७०१ नम्बरको टिपर एकआपसमा ठोक्किँदा भ्यानमा सवार २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३६ वर्षीया निशा वली र उनकै छोरा ९ वर्षीय निमेश ढुङ्गाना रहेका छन्। भ्यानमा चालक ३५ वर्षीय राजकुमार ढुङ्गानासहित परिवारका ४ जना सदस्य सवार थिए। दुर्घटनामा परेर चालक ढुङ्गाना र उनकी सासुआमा ५८ वर्षीय धिर माया वली घाइते भएका छन्।

दुर्घटनामा परेका उनीहरुलाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ पठाउने क्रममा निमेशको बाटोमै र निशाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
यस्तै, प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट लागूऔषधसहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम हम्बरीया घर भएका २७ वर्षीय पवन कुमार दास र डाक्‍नेश्वरी नगरपालिका-६ का २४ वर्षीय मुकेश साह रहेका छन् ।

बाराको सिम्रौनगढदेखि काठमाण्डौतर्फ आउँदै गरेको ना. ८ ख ७३२३ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा महानगरीय प्रहरी बृत्त थानकोटले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले भारतीय नागरिक दासको साथबाट १०० एम्पुल डाइजेपाम, १०० एम्पुल नूफिन र १०० एम्पुल फेनेरेगन गरी ३०० एम्पुल लागूऔषध तथा साहको साथबाट ५९६ थान नाइट्राभेट बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।

२०७८ माघ २२, शनिबार प्रकाशित 1 Minute 57 Views

ताजा समाचार