२०७९ जेष्ठ ८ आईतवार

आखिर किन मागे निगमका ‘क्याबिन क्रु’ले पाइलट विजय लामाको राजीनामा,,, 

‘क्याबिन क्रु’ को अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन माग
काठमाडौँ — नियमसंगत काम नगरेको आरोप लगाउँदै नेपाल वायुसेवा निगममा कार्यरत ‘क्याबिन क्रु’ (परिचारिका र परिचारक)ले पाइलट विजय लामाले राजीनामा माग गरेका छन् ।

नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापन बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न माग गरेका हुन् । पाइलट लामा वाइडबडी विमान उडाउने क्याप्टेनबाहेक ‘क्याबिन क्रु’लाई खटनपटन गराउने अपरेसन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक पनि हुन् ।

‘लामाको काम गर्ने शैली विधिसंगत नभएको नियम पालना नगरी आफूखुसी निर्णयहरु गर्दा हामी विमान परिचारिका र परिचारकको मनोबलमा असर पर्‍यो,’ करिब एक दशकपछि यसै साता पुनर्जीवीत गराइएको संघको पहिलो बैठकले निर्णयमा लेखेको छ ।

उनीहरुले निगम व्यवस्थापनलाई श्रम ऐनविपरीत लामो समयदेखि करारमा राखिएकाले नियमित रोजगारीमा नियुक्ति दिलाउन, हालको कायम अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन, उडान भत्ता समयानुकूल समायोजन गर्न, क्याबिन क्रु डिभिजिन प्रमुखमा महिला कर्मचारीलाई प्राथमिकतामा दिनुपर्ने लगायतका माग गरेका छन् ।

निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु छन् । जसमा एयरहोस्टेस (महिला) १०६ छन् भने ५२ स्टेवार्ड (पुरुष परिचारक) छन् । यिनमा ६ जना एयरहोस्टेस मात्रै स्थायी हुन् । बाँकी सबै करारमा कार्यरत छन् । पाइलट लामाले ५८ वर्षे उमेर हदका कारण एक महिनापछि अनिवार्य अवकाश पाउँदैछन् ।

२०७८ माघ २७, बिहीबार प्रकाशित 1 Minute 118 Views

ताजा समाचार