२०७९ जेष्ठ १० मंगलवार

पाल्पा!मा म;लामी ;जाँदै गरे;को ब!स दुर्घ;टना परि यति धेरै काे मृ;त्यु?

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए ।

उनका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।

प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

२०७८ माघ २८, शुक्रबार प्रकाशित 0 Minutes 279 Views

ताजा समाचार