२०७९ जेष्ठ १० मंगलवार

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृ’त्यु !

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृ,त्यु भएको छ ।कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृ,त्यु भएको हो ।

बुधबार राति पाैने ९ बजे को १ व २४३८ नम्बरको मोटरसाइकल दु,र्घटना हुँदा गम्भीर घा,इते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

यो पनि पढ्नुहोस -अष्ट्रेलियाको नेपाली समाजका लागि पछिल्लो दुइ हप्ता निकै अशुभ बनेको छ । सिड्नी नजिकै रहेको ओलङ्गगङ्गमा मंगलबार थप एक नेपाली युवकको नि’धन भएको छ ।घरको बाथरुममा अचानक ल’डेका ३६ वर्षिय बिनोद न्यौपानेको उपचारका क्रममा नि’धन भएको हो । चिकित्सकहरुले बिनोदलाई मतिष्कघा’त भएको बताएको छ ।मतिष्कघातका कारण टाउकोमा अत्याधिक र’क्तश्राव भएको विनोदको नि’धन भएको बुझिएको छ ।दुइ हप्ताको अन्तरालमा सिड्नीमा दुइ र पर्थमा एक जना नेपालीको असामहिक नि’धन भएको छ । अर्की एक नेपाली विद्यँर्थी सडक दु’र्घटनामा परेर गम्भीर घा’इते हुनुभएको छ ।

बिनोद तीन महिना अघि मात्रै ४९१ रिजनल भिषाका लागि सिड्नीबाट ओलङ्गगङ्ग बसाइ सर्नुभएको थियो ।सन् २००८ मा अध्ययनका लागि अष्ट्रेलिया आउनु भएका बिनोदको स्थाई घर चितवन हो । निकै मिलनसार र सहयोगी बिनोद बास्केटबल खेलाडी मात्रै होइनन्की नियमित जिम गर्ने फुर्तिलो शरिर भएको व्यक्ति समेत हुनुहुन्थ्यो । हाल स्थानिय एक रेष्टुरेन्टमा सेफ काम गर्दै आउनु भएका बिनोदकोअसामहिक नि’धनले ओलङ्गगङ्ग र इलावारा क्षेत्रमा नेपाली स्त’ब्ध भएको स्थानिय इश्वर थापाले बताउनुभयो ।

स्थानिय इलावारा समाजले बिनोदको शव नेपाल पठाउनका लागि चाजोपाजो मिलाइरहेको छ । भर्खर भर्खर नेपाली जान थालेको यस क्षेत्रमा नेपाली समाज विधिवत रुपमा दर्ता समेत भइसकेको छैन ।यस्तो अवस्थामा बिनोदको श’व नेपाल पठाउनका लागि सहयोग संकलन आफैमा जटिल बनिदिएको छ ।स्थानिय इलावारा समाजका युवाहरुले फेसबुकमा व्यक्तिगत बैंक खाता राखेर सहयोग संकलन सुरु गरेका छन् ।

१० हजार डलर उठाएर श’व पठाउन सहयोग गरिने उदेश्यले रकम संकलन थालिएकाले सकेको सहयोग गरिदिन इश्वर थापाले सबैलाई आग्रह गर्नुभयो ।संकलित रकमको हिसाब किताब पा’रदर्शी ढंगले सार्वजनिक गरिने पनि थापाको भनाई छ । अष्ट्रेलियाबाट शव नेपाल पठाउन कम्तिमा पनि ८ हजार डलर खर्च हुने गर्दछ ।

२०७८ फाल्गुन २, सोमबार प्रकाशित 1 Minute 111 Views

ताजा समाचार