२०७९ जेष्ठ ८ आईतवार

सडकको नालीमा डुबेर तीन वर्षीय बालकको मृ’त्यु

फागुन १- झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक तीन वर्षीय बालकको ज्या’न गएको छ । टिकमा श्रेष्ठका छोरा आयुस श्रेष्ठको नालीको पानीमा डुबेर ज्या’न गएको हो ।

घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा बालकको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ–लाईन अस्पताल दमक लगिएकोमा आयुसको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घ’टनासमबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

यो पनि पढ्नुहोस – खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको ज्यान गएको छ । झापाको मेचिनगर नगरपालिका–१३ सुगम टोल स्थित फुलबासा खोलामा माछा मार्दा करेन्ट लागेर ५० वर्षीय मान बहादुर बराईलीको ज्यान गएको हो ।हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट विजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । यस्तै ,पछिल्लो समय नेपालमा एमसीसीको चर्को विरोध आलोचना हुँदै गर्दा गाईघाटमा पनि ६ ओटा पार्टीहरुले यसको चर्को विरोध गरेको छ । ५५ अर्बमा देश बेच्न लागेको भन्दै उनिहरुले चर्को विरोध गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणत्रान्त्रिक मोर्चा, नेपाल, र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले मंगलबार एमसीसी बारे गाईघाटको पिपलचोकमा कोण सभा गर्दै बिरोध गरेको हो ।बिरोधमा उनिहरुले एमसीसी जनताहरुको इच्छा विपरित राष्ट्रघाती रहेको भन्दै यसलाई तत्काल ख्यारेजको माग राखेको छ ।

उनिहरुले देशको वेरुजु हेर्ने हो भने १० खर्ब बढी भ्रष्ट देखिने त्यस्को छानविन चै नगर्ने तर अमेरीकाको राष्ट्रघाती ५५ अर्ब डलर चै सरकारले भित्र्याउने भन्दै यो मान्ने नहुने जनाए । पार्टीहरुले जनताहरुलाई अन्याय हुने त्यस्ता एमसीसी पास नगर्न सरकारलाई अनुरोध गर्दै दलाली नबन्न समेत सुझाए ।

विरोध कार्यक्रममा बिभिन्न ६ दलका बैज्ञानिक समाजवादी कम्युनिष्ट बाट गोकुल चाम्लीङ, नेकपा माले बाट राम प्रसाद चौलागाई, नेकपा विप्लब बाट मिन प्रभात पोखरेल र नेकपा क्रान्तीकारी बाट अम्वर परियार बक्ताको रुपमा रहेका थिए ।

२०७८ फाल्गुन २, सोमबार प्रकाशित 1 Minute 53 Views

ताजा समाचार