२०७९ जेष्ठ १० मंगलवार

अब यस्ता व्यक्तिहरुलाई वैदेशिक रोजगारमा जान रोक

चितवन : चितवनको रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै अब केही ब्यक्तिहरुलाई बिदेश जान नदिने भएको छ ।

नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।

नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ । फोटो फाईल

यो पनि:बुटवल फागुन १ । बुटवलको सुख्खानगरमा रहेको एभेरेष्ट बोर्डिङस्कुल बस दुर्घटना हुदाँ १० जना बिद्यार्थी घाइते भएका छन् । बुटवलको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस लक्ष्मीनगरमा दुर्घटनामा परेको हो ।

ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएकाले चालक कृष्ण पुनले बसलाइ रुखमा ठोक्काएर बिद्यार्थी बचाँएको प्रतक्क्षदर्शीले बताएका छन् । घा’इते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

एक महिना बन्द रहेका बिद्यालयहरु आजै देखि भौतिक रुपमै संचालन भएपछि उक्त बस बिद्यार्थी लिन गएको थियो।

२०७८ फाल्गुन २, सोमबार प्रकाशित 1 Minute 173 Views

ताजा समाचार