
चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छन्। थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।
तस्बिरः सेतोपाटी
थप: काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि महानगरको मेयरमा आफ्नो दाबेदारी रहने बताउनु भएकाे छ ।
काठमाण्डाै महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलमा रहेकाे श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।
उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताउनु भयाे । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै ठाउँमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनुभयो ।
मेयर शाक्यले भन्नुभयो, ‘म एउटा पार्टीको कार्यकर्ता हुँ । पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।