२०७९ जेष्ठ १३ शुक्रबार

बालाजुमा बाटो क्रस गर्दै गरेका २ जनालाई बसले ठक्कर दियो, दुई जनाकै मृ’त्यु,,,

काठमाडौ । काठमाडौको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना महिला र एक पुरुषलाई बसले ठक्कर दिएको हो । बिहीबार बिहान मिनिबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता संजिव शर्मा दासले दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले भने,‘ एक जना मृतकको सनाखत हुन सकेको छैन। अनुसन्धान गर्दैछौं। ’ बालाजुको गंगा हल अगाडिको सडकमा बिहान ६ बजे बसको ठक्करबाट पैदलयात्रा गरिरहेका एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ ।

बिहीबार बिहान दुई पैदल यात्रीलाई मिनिबसले बालाजुको गंगा फिल्म हल अगाडि ठक्कर दिएको ट्राफिक प्रहरीले बताएको छ। बाटो काट्ने क्रममा मिनिबसले पैदल यात्रीलाई ठ क्क र दिएको थियो। अर्का अन्दाजी ५०र५५ वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको बताइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको एसपी दासले जानकारी दिए । उनीहरुलाई ठक्कर दिएर बससहित चालक फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका-४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।

मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे-८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिनुभयो ।

रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चारजना रहेको छन् । प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे-८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ ।

बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताउनुभयो । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ । ट्र्याक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो ।

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 1 Minute 175 Views

ताजा समाचार