२०७९ जेष्ठ ८ आईतवार

बानेश्वरमा युवा संघले बेच्न राख्यो किलोको २५ रुपैयाँका दरले स्कुटर, ३० रुपैयाँमा बाइक! (तस्बिरहरू)

बानेश्वरमा युवा संघले बेच्न राख्यो किलोको २५ रुपैयाँका दरले स्कुटर, ३० रुपैयाँमा बाइक! (तस्बिरहरू)

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।

संघको केन्द्रीय युथ फोर्स विभागले, मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै बानेश्वरमा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा युवा संघले पेट्रोल, डिजेलसँगै स्कुटर र मोटरसाइकल सेलमा राखेको थियो।

पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको भाउलाई व्यंग्य गर्दै पेट्रोल १४२, डिजेल १२५ रुपैयाँ प्रतिलिटर सेलमा राखिएको थियो भने कवाडीमा स्कुटरको प्रतिकिलो २५ र मोटरसाइकलको मूल्य ३० रूपैयाँ राखिएको थियो।

उनीहरूले सडकमै चुल्हो बनाएर दाउरामा चिया पकाएर प्रहरीलाई दिएका थिए। साथै यो पनि पढ्नुहोस: नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रही पुनः निरन्तर बढ्दै गएको बताएको छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पोरेशन फागुन ४ गते नयाँ मूल्य पठाएको जानकारी दिएको हो ।

२०७८ फाल्गुन ६, शुक्रबार प्रकाशित 0 Minutes 138 Views

ताजा समाचार