२०७९ जेष्ठ १० मंगलवार

धादिङको खानीखोला र धादिङबेशीबाट दुईजना प’क्राउ, पूर्व इन्स्पेक्टरसहित तीन जनाको मृ’त्यु (अपडेट)

धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा मोटर साईकलको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सोही स्थानका पूर्व प्रहरी इन्स्पेक्टर मुक्ती सिग्देल रहेको प्र’हरीले जानकारी दिएको छ।

शुक्रबार बिहान सिद्धलेक-२ पात्लेका लोकबहादुर मगरले चलाएको बा.३४ प ५०५२ नम्बरको मोटरसाईकलले मर्निङवाकमा रहेका सिग्देललाई ठक्करदिँदा उहाँको घटनास्थल मै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय धादिङले जानकारी दिएको छ।

ठक्कर दिएर मोटर साईकल छाडेर भागेका उक्त मोटरसाईकलका चालक मगरलार्ई प्र’हरीले खानीखोलाबाट नियन्त्रणमा लिएको छ। सिग्देलको शव पोष्टमार्टमको लागि धादिङ अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ।

यता, बालाजुमा दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालकलाई प्रहरीले प’क्राउ गरेको छ। धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय चालक प्रदिप थपलियालाई पक्राउ गरेको महानगरीय प्र’हरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका उनुसार थपलियालाई शुक्रबार धादिङबेशीबाट पक्राउ गरेको हो। उनी धादिङ-काठमाडौं रूट चल्ने बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको बस चलाउँछन्। प्र’हरीले उनको बस पनि नियन्त्रणमा लिएको छ।

बिहीबार बालाजुमा सो बसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको थियो। मृ’त्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ की अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर छन्।

उनीहरूलाई बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि बाटो काट्नेक्रममा बसले ठक्कर दिएको थियो। एसपी मैनालीले घाइते भएका उनीहरूलाई पहिले बालाजु जनमैत्री अस्पताल लगिएको बताए।

उनीहरूको थप उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो। घटनाबारे थप अ’नुसन्धान भइरहेको प्र’हरी वृत्त बालाजुले जनाएको छ।

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 1 Minute 105 Views

ताजा समाचार