२०७९ जेष्ठ १३ शुक्रबार

हामिले दिनदिनै खाने पाउरोटी र कुकिज यस्तो ! ललितपुरको सुनाकोठीमा प्रहरी पुग्दा…

नेकपा एसका नेताको ‘स्पर्श’ब्राण्डमा नक्कली धन्दा : बिस्कुटसम्म सवै अखाद्य

काठमाडौं, फागुन १० – महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ ।

कम्पनीले बजारबाट फिर्ता भएका मिति गुज्रेका पाउरोटी र कुकिजको धूलो बनाएर फेरि त्यसैको कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको छ । अनुसन्धानमा संग्लन एक प्रहरीले भने, अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुन: कुकिज बनाएको भेटियो । प्रहरीका अनुसार मिति गुज्रेका पाउरोटीको धूलो बजारमा क्रन्ची चिकेन रोस्ट बनाउन प्रयोग भइरहेको भेटियो ।

गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नर बहादुर श्रेष्ठले नै यो कम्पनि पनि संचालन गर्दै आएका थिए । प्रहरीकाअनुसार श्रेष्ठले संचालन गरेको स्पर्श फुड सहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् ।

अत्यधिक सडेगलेका पाउरोटीलाई सुकाएर पुन कुकिज बिस्कुट बनाउनुका साथै म्याद गुज्रेका पाउरोटीको धुलो बनाई क्रन्ची तथा चिकेन रोस्ट बनाउन प्रयोगमा ल्याइएको पाइएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीले ५४ कार्टुन भेनेगर, ३० कार्टुन क्रसर पाउडर, ७ कार्टुन सुप, ३ सय ८५ बोरा अजिना मोटोलगायतका अखाद्य सामग्री बरामद गरेको छ । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ । थप कारबारी तथा अनुसन्धान खाद्य तथा गुण नियन्त्रण विभागबाट भइरहेको छ ।

२०७८ फाल्गुन ११, बुधबार प्रकाशित 0 Minutes 88 Views

ताजा समाचार