२०७९ जेष्ठ १० मंगलवार

दुईटा मोटरसाइकल एकापसमा ठो’क्किँदा २२ वर्षीय युवकको गयो ज्या’न

महोत्तरी- महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठो’क्किँदा घा’इते भएका युवकको आज बिहान उपचारका क्रममा मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका–६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्र’हरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा–६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश–२–०२–००४प ९१७१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको चालक जलेश्वर नपा–७ बस्ने ३३ वर्षीय शम्भु साह चढेको बिआर०६बी ७०२१ नंको मोटरसाइकल मटिहानी नपा–९ मा एकापसमा ठ’क्कर खाँदा दु’र्घटना भएको थियो ।

दु’र्घटनापश्चात दुई जना सवार मोटरसाइकल पछाडि बस्ने फरमान ग’म्भीर घा’इते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकामा आज बिहान ३ बजे उनको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।(फाइल तस्बिर)

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 111 Views

ताजा समाचार