२०७८ मंसिर १२ आईतवार

चिनियाको यी खेलाड़ी देखेर दुनिया चकित

चिनियाँ खेलाडी होउ झिहुइले शनिवार टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ ४९ किलोग्रामतर्फको प्रतिस्पर्धामा स्वर्ण पदक जितिन्। २४ वर्षीया उनले भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितेकी हुन् । अहिले उनको एउटा तस्बिरले तरङ्ग ल्याएको छ।

बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीलाई पनि आक्रोशित बनाएको छ । दुई दिनअघि रोयटर्सले समाचारसँगै आफ्नो ट्वीटरमा राखेको तस्बिरले खेलाडी र चीनलाई होच्याएको अर्थमा धेरैले बुझेका छन् । प्रतियोगिताका क्रममा भार उचाल्दा उनको अनुहारको भाव बदलिएको थियो, जुन स्वाभाविक हो । तर, उनको यही तस्बिर रोयटर्सले छापिदिएको थियो ।

यसअघि टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेपछि अमेरिकी टेलिभिजन सीएनएनले चीनलाई स्वर्ण पदक र कोभिडको थप सङ्क्रमण शीर्षकमा खबर छापेको थियो । चिनियाँ अधिकारीले सीएनएनले जानीबुझी यस्तो शीर्षक राखेको भन्दै टिप्पणी गरेका थिए । यस्तै, अमेरिकाको एबीसी न्युज टेलिभिजनले टोकियो ओलम्पिकको उद्घाटनका क्रममा चीनको अधुरो नक्सा देखाएको भन्दै चिनियाँहरूले आलोचना गरेका थिए ।

पश्चिमा देशका सञ्चारमाध्यमले आफूबारे छापेको खबरप्रति चिनियाँ अधिकारीले असन्तुष्टि जनाउँदै आएका छन् ।

online khabr haru bata

 

२०७८ श्रावण १३, बुधबार प्रकाशित 1 Minute 148 Views

ताजा समाचार