२०७९ जेष्ठ १० मंगलवार

खुशीको खबर!! अब देखि वैदेशिक रोजगारीमा जानेको पिसीआर परीक्षण निःशुल्क गर्ने सरकारको निर्णय !!

वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूत दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।

अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरूका लागि निःशुल्क पिसीआर परीक्षण हुने उनले बताए । तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

थप: नेपाली कांग्रेस, माओवादी तथा नेकपा एमाले पार्टी परित्याग गरी आज दश जनाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस तथा एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टिका, फूलमाला तथा खादा ओढाएर स्वागत गर्नु भएको छ ।

डोटीको बडिकेदार गाउँपालिका वडा नं २ का निर्वाचित वडाअध्यक्ष रामबहादुर नाम्जाली सहित दश जनाले एकीकृत समाजवादी पार्टी प्रवेश गरेको सो पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 0 Minutes 89 Views

ताजा समाचार