२०७९ जेष्ठ १० मंगलवार

माइक्रो र मोटरसाइकल ठ’क्कर खाएपछि आगलागी हुँदा एकको मृ’त्यु, तीन घाइते !!

दाङमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा आगलागी भई एक जनाको मृ’त्यु भएको छ। दुर्घटनामा तीन जना घाइते छन्।

तुलसीपुर-घोराही सडकखण्डमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा: राप्ती प्रादेशिक अस्पतालमा मृ’त्यु भएको डिएसपी श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा परेर तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षका रमेश वली, माइक्रो चालक तुलसीपुर ७ पर्नीका करण परियार र उनका भाइ २४ वर्षका कमल परियार घाइते छन्। करण र रमेशलाई थप उपचारका लागि बाँके लगिएको छ।

घोराहीबाट तुलसीपुरतर्फ आइरहेको बा ३ ख ८६४३ नम्बरको यात्रुबहाक माइक्रो र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आइतबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ दुधरासमा ठक्कर खाएको थियो।

दुर्घटनापछि मोटरसाइकलको ट्याङ्की फुटेर आगलागी भएको थियो। आगलागीले माइक्रो र मोटरसाइकल जलेका छन्। साथै तुलसीपुर–घोराही सडक खण्डमै आइतबार बेलुकी ९:३० बजेतिर पिकअपले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

तुलसीपुर १७ फोर्टीनाइन चोकका २४ वर्षीय ताराबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते केसीको उपचारका क्रममा: राति नै राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ च ६२८९ नम्बरको पिकअपले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ९०६६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 1 Minute 62 Views

ताजा समाचार