
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधी’नता तलमाथि भए आफ्नो नागरिकता खारेज गर्न चु’नौती दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौ’ती दिए ।
नेकपा एमालेका नेता भीम रावलले एमसीसीका विषयमा भ्रम छरेको भन्दै थापाले पाँच वर्षपछि एमसीसी सम्झौता सकिँदा अमेरिकी सेना नआएमा आफूले जस्तै चुनौती स्वीकार्न तयार हो भनी प्रश्न गरेका छन् ।
के भने गगनले ? यसलाई राष्ट्घा’ती भनिएको छ । यो सम्झौताका कारण स्वाधी’नता तलमाथि हुन्छ भनिएको छ । कहिँ कतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन ।
त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चा’रपाटा मो’डियोस् । सम्पत्ति विवरण बुझाएको छु सम्पत्ति खोसियोस् ।
माननीयज्यूहरु तयार हो ? यदि आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वा’धीनता लुटि’न्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्न तयार हो । तयार हो भने यो पनि चुनौ’ती हो ।
रा’ष्ट्रवाद र देशभक्तिको फरक भनेको नक्कली राष्ट्र’वादी आफ्नो नारामा मान्छेलाई म’र्नका लागि उचाल्छ, मा’र्न तयार हुन्छ । म देशभक्त हुँ मर्न तयार हुन्छु । नक्कली रा’ष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउँछन्, थाहा पाउनुपर्छ संसदबाट पनि थाहा पाउनुपर्छ । सडकबाट पनि थाहा पाउनुपर्छ । – अन्लाईन खबर बाट