२०७९ जेष्ठ १३ शुक्रबार

मोटरसाइकल भिरबाट ख’स्दा वाईसीएल नेता पौडेलको मृ’त्यु,,,,

कास्की — नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–२ स्थित भालुपहाडबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले जानकारी दिए । उनका अनुसार शव भीरमा अड्किएको छ ।

‘मोटरसाइकल एकातिर शव एकातिर छ,’ उनले भने, ‘मोटरसाइकलका पाट–पाट छिरलिएका छन् । हेल्मेट अन्तै छ । सडकबाट शव ७० मिटर तल खसेको छ भने, मोटरसाइकल सेती खोलादेखि १२० मिटर माथि रहेको छ । शव भीरमा नै अड्किएकाले हामीले निकाल्न नसकेपछि पोखराबाट रेस्क्यू टीम बोलाएका छौं ।’

रेस्क्यू टीम भर्खरै घटनास्थल पुगेर डोरी लगाई शव झिक्न लागिएको उनले बताए । ३५ वर्षीय सुवास फेदीखोला–१ सर्केटारीकै बासिन्दा हुन् । शुक्रबार वाईसीएल जिल्ला कमिटी स्याङ्जाको बैठक सकेर पोखरा फर्किने बेला मोटरसाइकल चिप्लिएर भालुपहाडको भीरबाट खसेको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि नै पौडेल सम्पर्कमा नआएपछि उनका घरपरिवारले प्रहरीमा खोजतलासको लागि शनिबार निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्दा भालुपहाडस्थित मृत भेटिएको हो । प्रहरीका अनुसार पौडेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी छ ।

पौडेल अखिल (क्रान्तिकारी) हुँदै वाईसीएल र पार्टीको राजनीतिमा सक्रिय थिए । हाल उनी फेदीखोला गाउँपालिको नेकपा (माओवादी केन्द्र)को सचिव थिए ।

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 0 Minutes 78 Views

ताजा समाचार