२०७९ जेष्ठ ९ सोमबार

त्रिशुली नदीमा नेपालकै पहिलो स्काई रोप सा’इक्लिङ सञ्चालनमा

काठमाडौं, फागुन १८ – पृथ्वी राजमार्गको होलिडे डेस्टिनेसन त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदिमाथि स्काइ रोप साइक्लिङ सञ्चालनमा ल्याएको छ।

काठमाडौबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सन्चालक उद्धव कँडेलले बताए।

एक करोड लगानीमा साइक्लिङ तयार भएको छ हो। ‘यसमा जोडि नै एकैसाथ खेल्न मिल्छ। यसरी दुबैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ हो,’ कँडेलले भने।

दुईतर्फी तीन सय पचास मिटर दूरी रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने उनले जानकारी दिए।

र्‍याफ्टिङ, कायकिङ, क्यानोनिङसमेत सन्चलन गर्दै आइरहेको रिसोर्टले त्रिशुली नदि वारपार गर्ने जिपलाइनसमेत निर्माण गरेको छ। आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लैजाने योजना छ।

३५ रोपनी जग्गामा फैलिएको रिसोर्टमा आवासका लागि टेन्टेड क्याम, रिभर भ्यु कटेज र एसि डिलक्स रुम उपलब्ध छन्। रिसोर्टमा स्विमिङ पुलसँगै बारबिक्यु र शुक्रबार, शनिबार डिजे पार्टीको समेत मजा लिन सकिन्छ।

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 0 Minutes 107 Views

ताजा समाचार