२०७९ जेष्ठ ८ आईतवार

काठमाडौंंको प्लटिङ जग्गामा मानिसको ह’त्या

काठमाडौं, १८ फागुन । काठमाडौंंको बुढानिलकण्ठमा पुरुषको शव फेला परेको छ । बुढानिलकण्ठमा नगरपालिका–५ स्थित प्लटिङ गरिएको जग्गामा एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३० वर्षका देखिने पुरुषको शरीरमा विभिन्न भागमा चोटपटक देखिएको हुनाले हत्या गरेर अन्य स्थानबाट उक्त स्थानमा फालेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

यो पनि, राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एकसएसपी बसन्त कुँवरले जानकारी दिए ।

काभ्रेका उनलाई महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो । एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘बम’ राखिएको थियो ।

प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज पाइएको थियो ।

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 0 Minutes 88 Views

ताजा समाचार