२०७९ जेष्ठ ८ आईतवार

एकाबिहानै दीपक राज गिरीले यो चाहिँ दोषी हो भन्दै किन लेखे यस्तो स्टाटस ?

काठमाडौँ ।अभिनेता पल शाहविरुद्ध गायक दुर्गेश थापाले रचेको कडा षड्यन्त्रको अडियो बाहिरिएसँगै फेरी पल समिक्षा स्क्याण्डल उत्कर्षमा पुगेको थियो । गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल विरुद्ध बुनेको योजनाको अडियोका कारण विबादित दुर्गेश थप विबादमा तानिएका छन् ।

गायिकाले लगाएको गम्भिर आरोप खेपीरहेका कलाकार पल शाहले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेसँगै विबादकाबिच निर्माता तथा कलाकार दीपकराज गिरीले दुर्गेशलाई लक्षित गर्दै रामायणको उदाहरण दिँदै दुर्गेशलाई पलको भाई बनेर धोका दिएको संकेत गरेका थिए । त्यस्तै यो अघि दीपक राज गिरीले लेखेका थिए रामले युद्ध जिते किनकी पछाडी बाँदर सेना थिए । रावणले युद्ध हारे किनकी उनका पछाडी विभिषणहरु थिए । शुभदिन ।

फेरी आज बिहानै उनले आफ्नो फेसबुक मार्फत स्टाटस राख्दै यस्तो लेखेका छन : –

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा(जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत ख’निएका छन् ।

उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले समिक्षासहितकाे टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ ।

अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ । अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ब’ला’त्कारको आरोपमा उजुरी परेको छ ।

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 0 Minutes 165 Views

ताजा समाचार