
ओखलढुङ्गामा आगोले जलेर चार वर्षीया बालिकाको मृ,त्यु, दया छ भने Rip लेख्नुहोस
आगोले जलेर एक बालिकाको मृ,त्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।
स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृ,त्यु भएको
जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर म’रेका छन् ।
गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घ,टनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।