२०७९ जेष्ठ ९ सोमबार

बृद्धा भत्ता र संसद भत्ता खारेज गर्नुपर्छ । बीनाकामको ज्याला लिनु दीनु राम्रो हैन ” बाबुराम भट्टराई

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरोधको निकास खोज्न नसक्नु सरकारकाे गैरजिम्मेवारीपन भएको आरोप लगाउनुभएको छ ।

आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले जनताको समस्या संसदमा नराखी बृद्धा भत्ता र संसद भत्ता खारेज गर्नुपर्छ । बीनाकामको ज्याला लिनु दीनु राम्रो हैन ज्याला लिनु लज्जास्पद भएको बताउनुभयो । अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘जनताको सर्वोच्च प्रतिनिधि सभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन । यो दुःखद भयो । सबै जिम्मेवार बनेर यसको निकास खोजौँ भन्ने कुरा मैले राखेको छु । यो एकदमै गैरजिम्मेवार भयो ।

हामी आउँछौँ, भत्ता बुझ्छौँ, हिँड्छौँ, जनताको समस्या राख्दैनौँ भने विना कामको ज्याला लिनु राम्रो होइन । यो बेठिक भइरहेको छ । यसको छिटो निकास निस्कनुपर्छ । यो शोभनीय भएन, जनताप्रति अपमान हो ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै निरन्तर संसदमा अवरोध गर्दै आएको छ । यही अवराेधका कारण पटक–पटक संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरि स्थगित हुँदै आएकाे छ ।

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 0 Minutes 285 Views

ताजा समाचार