२०७८ मंसिर १२ आईतवार

राष्ट्रपति द्वारा २ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्दै राष्ट्रपतिले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा(२) बमोजिम उनले प्रदेश प्रमुखहरुको नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेकामा उनीहरु पदमुक्त भएका हुन् ।

online khabar bata sabhar

 

२०७८ श्रावण १३, बुधबार प्रकाशित 1 Minute 119 Views

ताजा समाचार