२०७९ जेष्ठ १३ शुक्रबार

चितवनमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरी अर्जुन पौडेलकाे घटनास्थलमै मृत्यु..

चितवन – चितवनको भरतपुर महानगरपालिका–६ जयनेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घ,टनास्थलमै मृ,त्यु भएको हो ।बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकल लाई ठ,क्कर दिएको थियो ।मोटरसाइकल पौडेलले चलाएका थिए । ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ।

यो पनि पढ्नुहोस -पश्चिम नवलपरासीमा आज २ लाख ४९ हजार ७ सय मुल्य बराबरकाे अबैध मालसामान नवलपरासी प्रहरीले जिल्लाकाे विभिन्न स्थान बाट बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयाे ।भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे अन्दाजी १ लाख २४ हजार मुल्य बराबरकाे १२४० पिस विभिन्न माेबाईलका कभर प्रहरी चाैकी गेरमीबाट खटिएको प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लुक्पुरवा स्थितबाट बरामद गरेको छ । उक्त माेबाईल कभर माेटरसाईकलमा ल्याउदै गर्दा प्रहरी टाेलीलाई देखि सामान फाली माेटरसाईकल सहित मानिस भागेकाे सुचना अधिकारी शाहीले बताउनुभयो ।

त्यसैगरी भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे १ लाख २५ हजार ७ सय मूल्य बराबरको बाेईलर कुखुरा,माछा तथा विभिन्न मालसामान सिमा प्रहरी चाैकी महेशपुरबाट खटिएको प्रहरी टाेलीले बरामद गरेकाे छ । जसमा ६१ हजार ९ सय मूल्य बराबरकाे सजावटका सामान तथा १०० केजी घाँसकाे बीउ पाल्हिनन्दन गाउँपालिका वडा नं २ स्थितबाट प्रहरीले बरामद गरेकाे हाे भने ३५ हजार मूल्य बराबरकाे १४० केजी माछा पाल्हिनन्दन गाउँपालिका वडा नं १ बड्की सुनरी स्थितबाट बरामद गरिएको हाे ।

त्यसैगरी भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्यादै गरेकाे अन्दाजी २८ हजार ८ सय मूल्य बराबरकाे बाेईलर कुखुरा सिमा प्रहरी चाैकी महेशपुरबाट खटिएको प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं १ झरही खाेला स्थितबाट बरामद गरिएको छ । उक्त मलसमान,बाेईलर कुखुरा र माछा माेटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टाेलीलाई देखि सामान फाली माेटरसाईल सहित मानिस भागेका थिए ।बरामद गरिएको बाेईलर कुखुरा र माछा पशु क्वारेन्टाइन महेशपुरकाे राेहवरमा खाल्डो खनी पुरी नष्ट गरिएकाे सुचना अधिकारी शाहीले जानकारी दिनुभयो । अन्य मालसमान आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेकाे प्रहरीले बताएको छ ।

२०७८ फाल्गुन २१, शनिबार प्रकाशित 1 Minute 100 Views

ताजा समाचार