२०७९ जेष्ठ १३ शुक्रबार

निशुल्क विद्युतीय चुलोका लागि निवेदन बुझाउने समय थप !!

निशुल्क विद्युतीय चुलोका लागि निवेदन बुझाउने समय थप !!
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुलोका लागि निवेदन बुझाउने समय थप गरेको छ ।

दुर्गम क्षेत्रबाट काठमाडौंमा आएर स्नातक तथा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई नि शुल्क रुपमा वितरण गर्दै आएको विद्युतीय चुलोको लागि यही फागुन २५ गतेसम्म निवेदन बुझाउन सकिने भएको हो ।

सरकारले एलपी ग्याँसको मूल्य बढाउँदै गएपछि दुर्गम क्षेत्रबाट काठमाडौ आएर भाडामा बसिरहेका विद्यार्थीको सहज र विद्युतीय चुलोको प्रवद्र्धन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नि शुल्क रुपमा विद्युतीय चुलो वितरण गर्दै आएको छ ।

विद्यार्थीहरुले चुलोका लागि निवेदनसँग नेपाली नागरिकताको प्रमाण पत्र तथा शैक्षिक संस्थाको विद्यार्थी परिचय पत्र र सिफारिस बुझाउनु पर्ने छ ।

थप: जोमसोम : विश्वकै सबैभन्दा लामो दुरीको मुक्तिनाथ केवलकार परियोजना द्रुत गतिमा सर्वेक्षण भइरहेको छ। केवलकार कम्पनी मुक्तिनाथ दर्शन प्रालिले म्याग्दी, पर्वत, कास्की जिल्लामा सर्वेक्षण सकेर अहिले मुस्ताङमा थप सर्वेक्षण थालेको हो।

२०७८ फाल्गुन २१, शनिबार प्रकाशित 0 Minutes 362 Views

ताजा समाचार