
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने गेरुवा नगरपालिकाका स्थानियबासिन्दा यतिबेला बाघ आक्रमणबाट एकदमै त्रसित छ्न । बाघले बस्तीमा पसेर दिनदहाडै पशु खाने गरेकोछ भने मान्छेको समेत ज्यान लिने गरेको छ ।
स्थानीय हरुले यसरी आफ्नो ज्यान जोखिममा राखेर हिडि रहदा पनि आफ्नो क्षति बापतको राहत भने पाउन सकेका छैनन ।मंसिर ८ गतेको कुरा हो, आफन्त सगको भेट घाट का लागि घर छोडेर हिडेका गेरुवा पशु पति नगरका ४२ बर्षका पुरुष धन बहादुर सिंह त्यस दिन देखी घर फर्किन पाएनन ।
गेरुवाकै जनक नगर गएका उनको बाघको आ”क्र”म”ण”बाट ज्या”न गयो । मंसिर २४ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रकै बा”घ”खो”र भन्ने ठाउबाट उनले लगाएका कपडा सहित केही टुक्रा हाड फेला पर्यो ।
आर्थिक अबस्था कमजोर रहेका धन बहादुर का आमा र श्रीमती सहित दुई छोरा हरु अझै शोकमा छ्न । राहतका लागि मृतक आफन्त र स्थानीय पटकपटक निकुन्ज सम्म पुगे तर रित्तै फर्किए । स्थानिय सरकार ले उपलब्ध गराए को पचास हजार बाहेक उनिहरुले केहि पाएनन ।
मृतक का आफन्त लाल बहादुर सिंहले आफु हरुले राहतको आश्वासन त धेरै पाएको तर राहत भने कसैले नदिए को बताए । मृतक कै आफन्त दिपक सिंहले भने आफु हरुले निकुञ्ज को लागि भनेर ज्यानको बाजि लगाएर काम गरेको तर निकुञ्जले हामि लाइ केही नदिएको उ”ल्टो हामि ले आफ्नै दाजु भाइ दिदि बहिनी र परिवार भित्रकै मान्छे गु”मा”उ”नु परेको बताए ।