
एजेन्सी : युक्रेनमा रुसी आ’क्रमण जारी रहेको छ। रुस–युक्रेनबीचको यु’द्धमा सयौंको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
रुसले युक्रेनको राजधानीसँगै ठूला शहरहरुलाई आफ्नो निशाना बनाइरहेको छ। युक्रेनले रुसले गैरसैनिक इलाकाहरुमा आक्र’मण गरी युद्ध अ,प,राध गरेको आ’रोप लगाइरहेको छ।
दुई देशबीचको यु’द्धमा दुई युक्रेनी फुटबलर मा’रिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फुटबलरद्वय भिटाली सापिलो र डीमाइट्रो मार्टिनेन्कोको मृ’त्यु भएको छ।
‘फुटबलरहरु भिटाली सापिलो र डीमाइट्रो मार्टनेन्कोको परिवार, साथीभाई र सहकर्मीहरुलाई हाम्रो समवेदना छ , यो यु’द्धमा भएको क्ष’तिबारे फुटबल फस्टले उल्लेख गरेअनुसार,’ फिफप्रोले आफ्नो विज्ञप्तिमा भनेको छ।
२१ वर्षीया सापिलो जो सेकेण्ड डिभिजन कारपार्टी लिभमा आबद्ध थिए, उनी किभ नजिकै भएको आक्र’मणमा मा’रिएका हुन्। उनले ट्याङ्क कमा’ण्डरका रुपमा आर्मी जोइन गरेको रिपोर्टमा उल्लेख गरिएको छ।
अर्कोतर्फ २५ वर्षीय मार्टिनेन्को जो क्षेत्रीय क्लब एफसी गोस्टोमेलका उदीयमान खेलाडी थिए उनको पनि अपार्टमेन्टमा भएको विस्फोटमा मृ’त्यु भएको हो । सो वि’स्फोटमा उनकी आमाको पनि मृ’त्यु भएको बताइएको छ। -स्वदेश नेपाल बाट