२०७८ मंसिर १२ आईतवार

सासू बोलीन बुहरीको पक्षमा : मलाई खुसी लागेको छ दुनियालाई टाउको दुखाइ किन ?

नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् ।

उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन
वाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो ।

उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे ।

सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए । अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् ।

त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।उनले स्विमिङ्ग सुटमा हालेको फोटाले विवादमा आइन् । तर उनको बचाउमा उनको सासु रबिना देशराज जोशी आएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रियंकको प्रशंशा गर्दै उत्तेजित नहुन आग्रह गरेकी छिन् । सासु रविना देशराज श्रेष्ठले बुहारी प्रियंकाको बचाउ गर्दै सकारात्मक प्रतिकृया दिएकी छन् ।

प्रियंकाको यो क्रियाकलापको बिषयमा भने अधिकांश कलाकर्मी मौन छन् । प्रियंकाको निमन्त्रणमा उनकै युट्युव कार्यक्रममा सहभागी भएकाहरुले मात्र उनको कामको प्रशंसा गर्ने गरेका छन् । केही सामाजिक अभियन्ताहरुले भने मिडियामा केही आर्टिकल मार्फत उनको पक्षमा अभिब्यक्ति दिएका छन् ।

२०७८ श्रावण १३, बुधबार प्रकाशित 0 Minutes 99 Views

ताजा समाचार