२०७९ जेष्ठ १० मंगलवार

प्रहरीले भेट्टायो पलविरुद्ध तीन बलिया यी प्रमाण

दमौली– आइतबारदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका कलाकार पल शाहविरुद्ध प्रहरीले संकलन गरेका तीन प्रमाण पलविरुद्ध लागेको आरोप पुष्टि गर्न बलियो हुने देखिएको छ।

जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिएर अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पल र पीडित किशोरीबीच भएको एउटा अडियो कुराकानीलाई बलियो प्रमाणका रुपमा अदालतमा पेश गर्ने तयारी गरेको छ।

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग कर णीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ। उक्त अडियोमा पलले पीडित किशोरीतिर संकेत गर्दै स्पष्ट भनेका छन्, ‘यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा आउँथ्यो। गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच अन्डरस्ट्यान्डिङमा केही भयो होला। यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन। हामी जिन्दगीभरि सँगै हुन्छौं। म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि ।’

‘यो अडियो सुन्दा पलले किशोरीसँग शा’री’रि’क स’म्पर्क राखेको स्पष्ट पुष्टि हुन्छ। त्यसैले अदालतमा जाँदा हामीले यसलाई एउटा बलियो प्रमाण ठानेका छौं,’ तनहुँ प्रहरी स्रोतले भन्यो।

त्यसो त जाहेरीअनुसार पीडितले जहाँजहाँ आफूमाथि कर णी भएको आरोप लगाएकी छिन्, त्यहाँ घटनास्थलको मुचुल्का उठाउने, बयान लिने लगायतका काम पनि प्रहरीले गरिरहेको छ। सँगसँगै तनहुँ प्रहरीलाई पलले गरेको कसुर प्रमाणित हुने केही फेसबुक च्याटका स्क्रिनसट पनि प्राप्त भइसकेको छ, जसलाई उसले अदालतमा प्रमाणका रुपमा पेश गर्ने तयारी गरेको छ।

पलविरुद्ध उजुरी गरेकी पीडित किशोरी नाबालिग नै हुन्? अर्थात् उनको उमेर १८ वर्ष मुनि नै हो भन्नेमा पल पक्षधर एउटा समूहले सोसल मिडियामा अनेक आशंका प्रकट गरिरहेको छ। तनहुँ प्रहरीले अनुसन्धानका क्रममा पीडित किशोरीको उमेर पहिल्याउँदा उनी नाबालिग भएको प्रष्ट देखिएको छ।

प्रहरीकहाँ आइपुगेको पीडितको जन्मदर्ता अनुसार उनको जन्म मिति २०६२ साउन ३ गते रहेको छ । यसरी हेर्दा गत ०७८ साउनमा उनको उमेर १६ वर्ष पूरा पुगेर १७ मा टेकेको देखिन्छ।

स्टेज कार्यक्रमका लागि विदेशसमेत पुगेकी पीडित गायिकाको पासपोर्टमा समेत कतिपयले प्रश्न उठाइरहेका छन्। तर, प्रहरीले प्राप्त गरेको पासपोर्टअनुसार पनि उनको उमेर नाबालिग नै देखिएको छ अर्थात्, सन् २००५ जुलाइ १८।

यस्तै तनहुँ प्रहरी स्रोतअनुसार पीडित किशोरीको मेडिकल रिपोर्ट पनि पलविरुद्ध बलियो प्रमाण हुने देखिएको छ। ‘जन्मदर्ताले पीडित किशोरी नाबालिग देखिएको छ । मेडिकल रिपोर्टले पनि यौ’ ‘न स’म्प’र्क भएको स्पष्ट देखिएको छ। अडियो कुराकानीमा पलले यौ’ नज न्य कार्य गरेको स्पष्ट संकेत गरेको छ। त्यसैले यी तीनवटै पलविरुद्ध बलियो प्रमाण हुने देखिन्छ,’ प्रहरी स्रोतले भन्यो।

त्यसो त हिरासतमा रहेका पलसँग पनि प्रहरीले निरन्तर बयान लिइरहेको छ। तर, उनले भने आफूले पीडित किशोरीसँग शा’री’रि’क स’म्पर्क राखेको स्वीकार गरिरहेका छैनन्। म्युजिक भिडियो सुटिङ अर्थात् कामका क्रममा एउटै घर अर्थात् होटलमा बसेको स्वीकार गरे पनि शा’री’रि’क स’म्ब’न्ध राखेको भने उनले स्वीकार नगरेको प्रहरी स्रोतले जानकारी छ। नेपाल समय बाट

२०७८ फाल्गुन २२, आईतवार प्रकाशित 0 Minutes 81 Views

ताजा समाचार