२०७९ जेष्ठ १० मंगलवार

दमौली बजारमा भीषण आगलागी : सात घर जलेर नष्ट, काठमाण्डौबाट पानीसहित हेलिकप्टर पुग्दै…

दमौली बजारमा भीषण आगलागी : सात घर जलेर नष्ट, काठमाण्डौबाट पानीसहित हेलिकप्टर पुग्दै… काठमाण्डाै – तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि पानीसहित सीम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ ।

यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको उहाँले जानकारी दिनुभयो ।

२०७८ फाल्गुन २२, आईतवार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार