२०७९ जेष्ठ १३ शुक्रबार

प्रचण्डका छोरी र ज्वाईं नै बने केन्द्रीय सदस्य,,,

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् । आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

थप: परराष्ट्रमन्त्री डा.नारायण खड्का मंगलबार टर्की जाने भएका छन् । टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

विज्ञहरुको भेलामा सहभागी हुन भोली टर्की जाँदैछु,’ परराष्ट्रमन्त्री डा.खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने । टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले जनाए । भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उनले बताए ।

फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई निमन्त्रणा गरिएको छ । अन्य देशका विदेशमन्त्रीसँग पनि भेटघाट गर्ने उनले जनाए । टर्कीको विदेश मन्त्रालयले फोरममा सहभागी हुन युद्धरत रुस र युक्रेन दुवै देशका विदेशमन्त्रीलाई समेत निम्तो दिएको छ ।

२०७८ फाल्गुन २३, सोमबार प्रकाशित 0 Minutes 71 Views

ताजा समाचार