२०७९ जेष्ठ १३ शुक्रबार

भक्तपुरमा परालले छोपिएको अवस्थामा नाङ्गो महिलाको शव फेला

काठमाडौं, फागुन २४ – भक्तपुरमा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ। चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

करिब ४० वर्षीया महिलाको शव परालले छोपेको अवस्थामा सोमबार बेलुकी १० बजेतिर फेला परेको हो। महिलाको पहिचान भइसकेको छैन। महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यस्तै, ललितपुरमा ५ जनाको मृत्यु भएको अर्को दिन काठमाडौंमा एकै परिवारका ५ जना अचेत अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका-६ डाँडापौवामा ५ जना अचेत अवस्थामा फेला परेका हुन् ।

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । सोमबार साढे ९ बजेतिर डाँडापौवास्थित एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर हुने परिवारका मानिसहरू नाम नखुलेको विषादी औषधि सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

अचेत अवस्थामा रहेका ६२ वर्षीया ईन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, ३३ वर्षीय सुर्वणमान प्रधान र ११ वर्षीया सुप्रिया प्रधान हुन् । प्रहरीका अनुसार ३३ वर्षीय सुर्वणमान प्रधानलाई साढे १० बजे मृत घोषणा गरिएको थियो ।

अचेत अवस्थामा फेला परेकाहरूलाई तत्काल उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेर उपचार थालिएको थियो । विषादी सेवनबारे कारण र समय नखुलेको प्रहरीले बताएको छ ।

२०७८ फाल्गुन २५, बुधबार प्रकाशित 1 Minute 63 Views

ताजा समाचार