
घाँटी काटिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा अन्दाजी ३५ ४० वर्षीया महिलाको शव फेला परेको हो ।
तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।
ती महिलाको नाम ठेगाना खुलेको छैन । टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो ।
सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।