२०७९ जेष्ठ ८ आईतवार

काठमाडौंबाट आउदै गरेको बसको ठक्करबाट दुईजना घाईते, हेलिकप्टरबाट राजधानी लागियो

नुवाकोटमा भएको सडक दुर्घटनामा दुईजना घाईते भएका छन् । वसले मोटरसाईकललाई ठक्कर दिएर भएको दु्र्घटनाका घाईतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाण्डौं पठाईएको छ ।

काठमाडौं बाट त्रिशुली तर्फआउदै गरेको बा ५ ख ८२३४ नम्बरको बसले बेल्कोटगढि-८ कासिटार नया पुलमा विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–००२ प ८५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्कर मोटरसाइकल चालक बिदुर-३ सिर्खाली पुसुनटारका बालकृष्ण अधिकारि र पछाडी सवार बिदुर-३ निबासी हाल बेल्कोटगढि-८ ठुलो खोलास्थित होटेल आर्या सन्चालन गर्दै आयका राजु श्रेष्ठ दुबै गम्भीर घाइते भएकाहुन् ।

घाइतेहरूको तत्काल उपचारको लागि जिल्ला अस्पताल त्रिशुली पठाइएकोमा त्यहाँ उपचार हुन नसकेपछी थप उपचार को लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । बसका चालक सहित बस र मोटरसाइकल जिल्ला प्रहरी कार्यलय नुवाकोटको नियन्त्रणमा रहेको छ ।

सिसडोलवासी आन्दोलनमा उत्रिएपछि फोहोरका गाडी रोकिए, सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबित क्षेत्रका स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलका स्थानिय बासिन्दाहरु अन्तिम संघर्ष भन्दै पुनः आन्दोलन उत्रेका हुन् ।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 1 Minute 51 Views

ताजा समाचार